अटोमोबाइलमा एसेम्बल, फाइदा कसलाई ?


स्वदेशमै सवारीसाधनको एसेम्बल उद्योग स्थापना गर्ने विषय नेपालका लागि सधै चर्चाको विषय बनिरहेको छ । पछिल्ला वर्षमा त झन् सरकारले बजेटमै यस्ता उद्योग लगाउँदा उद्योगीलाई विभिन्न छुट र सहुलियत प्रदान गर्नेसम्मका योजना अघि सार्न थालिसकेको छ ।

प्रत्येक पटक बजेट तयारीको क्रममा विभिन्न क्षेत्रगततर्फबाट अर्थ मन्त्रालयलाई विभिन्न शीर्षकमा सुझाव पेस गर्ने प्रचलन छ । यसैअनुरूप आर्थिक वर्ष ०७९/८० को अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले पनि दर्जन विषयमा सुझाव पेस गर्‍यो । व्यवसायीहरूले सवारी साधनमा कुनै पनि प्रकारको कर नबढाउन र स्वदेशमै सवारीसाधन उत्पादनका लागि वातावरण सिर्जना गर्न एसेम्बल उद्योगलाई थप सहुलियत प्रदान गर्न अनुरोध पनि गरेका थिए । 

व्यवसायीहरूको सुझावअनुसार नै सरकारले बजेटमार्फत एसेम्बल उद्योगलाई केही राहत दिएको छ । सरकारले नेपालमा एसेम्बल अटो उद्योगलाई आयकरमा ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । उक्त सुविधा पाँच वर्षसम्मलाई दिने घोषणा सरकारले गरेको हो । साथै, ग्रामीण तथा दुर्गम क्षेत्रमा स्थापना हुने उद्योगलाई १५ वर्षसम्म सहुलियत दिने सरकारको घोषणा छ।

योभन्दा पहिले सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा एसेम्बल उद्योगलाई ५० प्रतिशत छुट दिने उल्लेख भए पनि सो सहुलियत कुन प्रकारको एसेम्बलका लागि हो भनेर स्पष्ट पारिएको छैन ।

हालको व्यवस्था 

सरकारले स्वदेशमै एसेम्बल उद्योग लगाउन प्रोत्साहन गर्ने भन्दै बजेटमार्फत केही नयाँ प्रावधान थप गरेको छ जसअन्तर्गत यस्ता उद्योगले आर्जन गरेको मुनाफामा पाँच वर्षसम्म ४० प्रतिशतका दरले सहुलियत दिनेदेखि ५० वर्षसम्मका लागि जग्गा भाडामा लिन पाउने र १० करोडको विद्युत खपतमा छुट तथा भन्सार र अन्तःशुल्कमा पनि राम्रै छुटको प्याकेज उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

पछिल्लो समयमा भने सवारी साधन एसेम्बल उद्योग दर्ता गर्ने क्रम बढेको छ । चालू आर्थिक वर्षमै आधा दर्जनभन्दा धेरै कम्पनी दर्ता भइसकेका छन् । २०७६ सालमा लगानी बोर्डमा कोरियन कम्पनी मोट्रेक्सले निश्चित वर्षसम्म आफ्नो मात्रै एसेम्बल उद्योग नेपालमा रहने ग्यारेन्टी मागका साथ दर्ता गरेपश्चात उद्योग दर्ताको क्रम बढेको थियो ।

हालको यो व्यवस्थाले स्वदेशमै सवारीसाधन एसेम्बल गर्न बाटो खोलेको अर्थमा लिनुपर्ने हुन्छ । यद्यपि नाडा अध्यक्ष ध्रुव थापा यत्ति नै सुविधाले तत्कालै एसेम्बल उद्योग स्थापना हुन नसक्ने बताउँछन् । थापाका अनुसार सरकारले ल्याएको पछिल्ला बजेटमा एसेम्बल उद्योगलाई जोड दिँदै केही न केही नयाँ शीर्षकमा छुट र सहुलियत दिने घोषणा हुनु आफैमा राम्रो पक्ष मानिए पनि यत्ति नै सुविधाले तत्कालै एसेम्बलमा गइहाल्न सकिने अवस्था भने छैन ।

“यस्तो उद्योगका लागि आवश्यक पर्ने सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सरकारी नीतिमा स्पष्टताको ग्यारेन्टी हो, जुन अहिलेसम्म हुन सकिरहेको छैन,” उनले भने । एसेम्बलमा पनि फरक–फरक संरचना हुने कारण कुन संरचनामा जाने हो भन्ने स्पष्ट नभएका कारण यत्तिले एसेम्बलको वातावरण पूर्ण रूपमा निर्माण भइसकेको ठहर गर्न नहुने उनको बुझाइ छ ।

एसेम्बल गर्ने कम्पनीको अवस्था

नेपालमा वि.सं. २०७० अघिसम्म हुलास गु्रपले नेपालमै गाडीहरू एसेम्बल गरेको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला चढेको मुस्ताङ म्याक्स नेपालकै उत्पादन थियो । कस्मिक यिङयाङ र अन्ना लिफान् ब्रान्डको बाइकको पनि एसेम्बल नेपालमा भएको थियो । तर विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्न नसकेपछि एसेम्बल प्लान्टहरू बन्द हुन पुगे । हाल नेपालमा बजाज र टीभीएसजस्ता बाइकको एसेम्बल भइरहे पनि चार पांग्रे सवारीसाधनका लागि भने त्यस्तो कम्पनी छैन । 

पछिल्लो समयमा भने सवारी साधन एसेम्बल उद्योग दर्ता गर्ने क्रम बढेको छ । चालू आर्थिक वर्षमै आधा दर्जनभन्दा धेरै कम्पनी दर्ता भइसकेका छन् । २०७६ सालमा लगानी बोर्डमा कोरियन कम्पनी मोट्रेक्सले निश्चित वर्षसम्म आफ्नो मात्रै एसेम्बल उद्योग नेपालमा रहने ग्यारेन्टी मागका साथ दर्ता गरेपश्चात उद्योग दर्ताको क्रम बढेको थियो । बजारमा ब्रान्ड नै नभएको कम्पनीले एसेम्बलमा एकलौटी बजार कब्जा गर्ने देखेपछि नेपालमै एसेम्बल प्लान्ट खोल्ने सोच बनाएका लगानीकर्ताहरू उद्योग दर्ता गर्न आइरहेको उद्योग विभागका निर्देशक खगेन्द्रबहादुर बस्नेतले बताए । 

हाल गोल्छा अर्गनाइजेसन अन्तर्गतको हुलास अटोक्राफ्टले नवलपरासीमा ‘बजाज’ ब्रान्डका बाइकहरू नेपालमै एसेम्बल गरिरहेको छ । हुलासले नेपालमै विद्युतीय कार उत्पादनका लागि प्रयास गरिरहेको छ । बजाज मोटरसाइकल नेपालमा एसेम्बल हुन थालेपछि पाँच सयजनाले रोजगारी पाएको गोल्छा अर्गनाइजेसनका प्रबन्ध निर्देशक शेखर गोल्छा बताउँछन् । “एसेम्बल नगरेर सिधै ल्याएर बिक्री गर्दा यत्रोे रोजगारी सिर्जना हुने थिएन,” गोल्छाले भने । उनका अनुसार प्लान्टमा कम्पनीले करिब डेढ अर्ब रुपैयाँको लगानी गरिसकेको छ ।

यस्तै टीभीएसको मोटरसाइकल र स्कुटर नेपालमा एसेम्बल गर्नका लागि शंकर ग्रुपले पनि एक अर्ब जति लगानी गरेको छ, जसमा पाँच सयजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । हाल बजाज र टीभीएस नेपालमै सवारी साधन एसेम्बलका लागि प्रचलित ब्रान्ड बनेका छन् ।

विद्युतीय सवारीतर्फको सक्रियता

पछिल्लो समयमा विशेषगरी विद्युतीय सवारी एसेम्बल गर्ने उद्योग दर्ता गर्ने क्रम बढेको छ । सुन्दर यातायातले विद्युतीय सवारीसाधन निर्माणका लागि एसेम्बल प्लान्ट निर्माणकार्य अघि बढाएको छ । कम्पनीले रुपन्देहीको सैनामैना नगरपालिकामा स्थापना गर्ने प्लान्टको नक्सा तयार गरेको हो । चीनको सिचुवान गुहाङ अटोमोबाइल्स, बीएके कम्पनी र नेपालको सुन्दर अटो इन्जिनियरिङ प्रालिको सहकार्यमा नेपालमा विद्युतीय सवारीसाधन उत्पादन गर्न लागिएको हो ।

कञ्चनपुरमा उद्योग रहने गरी हिरोइन इलेक्ट्रिक इन्डस्ट्रीले तीन तथा चारपांग्रे भ्यान र मिनिट्रक एसेम्बल गर्नेगरी दर्ता छ । काठमाडौंमा बेन्लिङ मोटर टेक्नोलोजी कम्पनी इलेक्ट्रिक मोटरसाइकल स्कुटर र भ्यान बनाउने गरी दर्ता भएको छ । धनुषामा उद्योग रहने गरी दर्ता भएको मिथिला अटोक्राफ्टले तीनपांग्रे टेम्पो र क्यारियर सवारी उत्पादन गर्ने लक्ष्य लिएको छ ।

कञ्चनपुरमा उद्योग रहने गरी हिरोइन इलेक्ट्रिक इन्डस्ट्रीले तीन तथा चारपांग्रे भ्यान र मिनिट्रक एसेम्बल गर्नेगरी दर्ता छ । काठमाडौंमा बेन्लिङ मोटर टेक्नोलोजी कम्पनी इलेक्ट्रिक मोटरसाइकल स्कुटर र भ्यान बनाउने गरी दर्ता भएको छ । धनुषामा उद्योग रहने गरी दर्ता भएको मिथिला अटोक्राफ्टले तीनपांग्रे टेम्पो र क्यारियर सवारी उत्पादन गर्ने लक्ष्य लिएको छ ।

चितवनमा उद्योग रहने गरी दर्ता भएको ग्रेटवाल इलेक्ट्रिक कम्पनीले इलेक्ट्रिक बाइक र स्कुटर उत्पादन गर्ने योजना बनाएको छ । सुनसरीमा रहने गरी दर्ता भएको सार्प भिजन इन्टरप्राइजेज उद्योगले इलेक्ट्रिक स्कुटर उत्पादन गर्नेछ।

काठमाडौंमा उद्योग रहने गरी दर्ता भएको सीएनडी ग्रुप अफ कम्पनीले इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्ने बताएको छ । त्यसैगरी चितवनमा उद्योग रहने गरी दर्ता भएको बेल्ला इलेक्ट्रिक कम्पनी इलेक्ट्रिक स्कुटर उत्पादन गर्ने कम्पनी हो ।

बारामा उद्योग राख्ने गरी दर्ता भएको नेपाल जियान्ट कार इन्डस्ट्रीले इलेक्ट्रिक स्कुटर र कार उत्पादनको लक्ष्य राखेको छ । ललितपुरमा उद्योग रहने गरी दर्ता भएको बेल्ला मोटर्स कम्पनीले विद्युतीय सवारी उत्पादन गर्ने लक्ष्य राखेको छ । नवलपरासीमा इभर स्टार मोटर्स, ललितपुरमा नेपाल ईभी कम्पनी, हे डोङ न्यू इलेक्ट्रिक तथा सीईसी भेइकल र मकवानपुरमा नेन्जोङ इन्डस्ट्री पनि सवारी एसेम्बलकै लागि दर्ता भएका उद्योग हुन् । यस्ता धेरै कम्पनी दर्ता भए पनि अधिकांशले एसेम्बलिङको प्रक्रिया भने थालेका छैनन् ।

चालू आर्थिक वर्षमा मात्र आधा दर्जन उद्योग दर्ता

उद्योग विभागका अनुसार नेपालमै सवारी साधन एसेम्बल गर्नका लागि गत वर्षको साउनयता करिब आधा दर्जन यस्ता कम्पनी दर्ता भएका छन् । यी कम्पनीले विद्युतीय र अन्य विभिन्न सवारी साधन एसेम्बल गर्नेछन् । हाल नेपालमा यामाहा, मोटरहेड, टारो आदि ब्रान्डका मोटरसाइकल तथा सुजुकी गाडी बिक्रेता कम्पनी सम्बद्ध एसेम्बलिङ कम्पनीसमेत यही आर्थिक वर्षमै दर्ता भएका छन् ।

यही जेठ महिनामै यस्ता दुई एसेम्बलिङ उद्योग दर्ता भएका छन् । गत जेठ १२ गते दुगड अटो क्लिनिक र जेठ १७ गते एसजी अटोक्राफ्ट प्रालि दर्ता भएका हुन् । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा स्थापना हुने गरी दुगड अटो क्लिनिकले यसका लागि ३० करोड रुपैयाँ लगानी गर्नेछ भने वार्षिक २४ हजार दुई पांग्रे र ४ हजार तीन पांग्रे सवारी साधन उत्पादन गर्नेछ । यसमा १४५ जनाले रोजगारी पाउने छन् । 

एसजी अटोक्राफ्टले वार्षिक विद्युतीय मोटरसाइकल तथा स्कुटर २१ सय थान, विद्युतीय तीनपांग्रे १२ सय थान, विद्युतीय कार–जिप ६ सय र ई–बस १२० युनिट उत्पादन गर्नेछ । यस्तै, इन्टरनल कम्बसन इन्जिन (आईसीई) मोटरसाइकल तथा स्कुटर १० हजार पाँच सय युनिट, आईसीई तीनपांग्रे रिक्सा १५ सय युनिट, आईसीई फोर ह्विलर्स (कार, एसयूभी, जिप) ६ सय युनिट र आईसीई सिक्स ह्विलर्स गाडी सात सय ५० युनिट उत्पादन गर्नेछ । उद्योग सञ्चालनमा आउँदा ४ सय ३१ जनाले रोजगारी पाउनेछन् ।

जेठ १७ गते उद्योग विभागमा दर्ता गरिएको विवरणअनुसार एसजी अटोक्राफ्टले वार्षिक विद्युतीय मोटरसाइकल तथा स्कुटर २१ सय थान, विद्युतीय तीनपांग्रे १२ सय थान, विद्युतीय कार–जिप ६ सय र ई–बस १२० युनिट उत्पादन गर्नेछ ।

त्यसैगरी गत जेठ १७ गते उद्योग विभागमा दर्ता गरिएको विवरणअनुसार एसजी अटोक्राफ्टले वार्षिक विद्युतीय मोटरसाइकल तथा स्कुटर २१ सय थान, विद्युतीय तीनपांग्रे १२ सय थान, विद्युतीय कार–जिप ६ सय र ई–बस १२० युनिट उत्पादन गर्नेछ ।

चालू आर्थिक वर्षमा दर्ता भएको पहिलो कम्पनी चौधरी ग्रुपअन्तर्गतको सीजी अटोमोटिभ इन्डस्ट्रिज प्रालि हो । चौधरी ग्रुपले लामो समयदेखि आफैले एसेम्बल उद्योग स्थापना गर्ने गफ लगाउँदै आए पनि यही आर्थिक वर्षमा मात्र कम्पनी दर्ता गरेको हो । बाराको परवानीपुर गाउँपालिका–४ मा स्थापित हुने सीजी अटोमोटिभका लागि एक अर्ब ३१ करोड ६९ लाख रुपैयाँ लगानी हुनेछ । कम्पनीले वार्षिक १० हजार दुई पांग्रे, तीन हजार तीन पांग्रे र १० हजार चार पांग्रे सवारीसाधन उत्पादन गर्नेछ । यसले १ सय १३ जनालाई रोजगारी दिनेछ । यो कम्पनी गत १० साउन २०७८ मा दर्ता भएको थियो ।

त्यसैगरी १० असोज २०७८ मा विभागमा दर्ता भएको एमएडब्ल्यू अटो प्रालि मोरङको बूढीगंगा गाउँपालिका–३ मा स्थापित हुनेछ । यसमा एक अर्ब ५१ करोड ५० लाख लगानी हुनेछ । कम्पनीले ३१ हजार मोटरसाइकल र १९ हजार स्कुटर उत्पादन गर्नेछ भने १ सय ४४ जनालाई रोजगारी प्रदान गर्नेछ । ३० कात्तिक २०७८ मा गते दर्ता भएको ई बोल्ट मोबिलिटीको स्थापना ललितपुरको गोदावरी–९ मा हुनेछ । २४ करोड ३० लाख रुपैयाँ लगानीमा स्थापित हुने यो कम्पनीले १५ हजार इलेक्ट्रिक स्कुटर उत्पादन गर्नेछ भने यसबाट एक सयजनाले रोजगारी पाउने छन् ।

२४ माघ २०७८ मा दर्ता भएको ग्लोबल अटोमोबाइल्स प्रालि पर्साको विन्दवासिनी गाउँपालिका–१ मा स्थापना हुनेछ । ४६ करोड ४५ लाख रुपैयाँ लगानीमा स्थापित हुने यो कम्पनीले ३० हजार दुई पांग्रे र पाँच हजार तीन पांग्रे सवारीसाधन उत्पादन गर्नेछ । यसमा १ सय ५० जनाले रोजगारी पाउने छन् ।

एसेम्बलः धेरै फाइदा छैन

एसेम्बल गर्नु भनेको नेपालमै पूर्ण रूपमा सवारीसाधन उत्पादन हुनु होइन । सामान्य अर्थमा कुनै पनि सवारी साधनमा लाग्ने पार्टपुर्जा नेपालमा भित्र्याएर त्यसलाई जोडजाड गरेर नेपालमै सवारी साधनको उत्पादन गरेको अर्थमा एसेम्बललाई बुझ्ने गरिन्छ। तयारी अवस्थाको सवारीसाधनभन्दा यस्ता पार्ट्समा कर पनि कम लाग्ने र नेपालमा केहीले रोजगारीसमेत पाउने भएकाले यसलाई राम्रो मानिन्छ । 

वार्षिक तीन लाख हारहारीमा बिक्री हुने टू ह्विलरको एसेम्बलले समेत सोचेअनुरुप गति लिन नसकिरहेको अहिलेको अवस्थामा जम्माजम्मी २० हजार हाराहारी बिक्री हुने कारको प्लान्ट झन आफैमा चुनौतीपूर्ण हुने देखिन्छ । कारको एसेम्बल प्लान्ट लगाउने विषय आफैमा महँगोसमेत पर्ने हुँदा बजारको माग नबढेसम्म व्यवसायीले तत्कालै यस्ता उद्योग लगाउन इच्छा व्यक्त नगर्ने पनि हुन्छ । 

यसले गर्दा बाहिरबाट आवश्यक पार्ट्स ल्याउनेभन्दा पनि स्वदेशमै पार्ट्स उत्पादन गर्न सकिने व्यवस्था हुनु आवश्यक छ । सबै सामान विदेशबाट आयात गरेर स्वदेशमा जोडजाड मात्र गर्ने हो भने यसले एसेम्बलको औचित्यलाई कुनै पनि कोणबाट पुष्टि गर्ने छैन ।

समस्या त्यस्तै

स्वदेशमै सवारी साधनको एसेम्बल उद्योग स्थापना गर्ने विषय सुन्दा जति आकर्षक देखिन्छ यसभित्रका समस्या र चुनौती केलाउँदै जाने हो भने उत्तिकै चुनौतीपूर्ण रहेको ठहर गर्न सकिन्छ । यसो त नेपालमा अहिले पनि बजाज र टीभीएसले आफ्नै एसेम्बल प्लान्टबाट मोटरसाइकल र स्कुटर उत्पादन गर्दै नआएका भने होइनन् । यी उद्योगले स्वदेशमै एसेम्बल गर्दा यसले उपभोक्ता, राज्य र उद्यमीलाई कति फाइदा पुगेको छ भनेर विश्लेषण गर्नु पनि उत्तिकै जरुरी हुन्छ ।

यी दुई उद्योगले सरकारी छुट र सहुलियतको उपयोग गरी स्वदेशमै एसेम्बल गरे पनि न मोटरसाइकल न स्कुटरको मूल्य नै कम भएको छ न त राज्यले आयातको तुलनामा बढी नै राजस्व संकलन गर्न सकिरहेको छ । यसले उपभोक्ता र राज्य दुवै पक्षलाई फाइदा दिन सकिरहेको छैन । रोजगारीको कुरा गर्ने हो भने दुवै उद्योगले यथेष्ट मात्रामा रोजगारीको अवसर सिर्जना गर्न पनि सकिरहेका छैनन् ।

वार्षिक तीन लाख हारहारीमा बिक्री हुने टू ह्विलरको एसेम्बलले समेत सोचेअनुरुप गति लिन नसकिरहेको अहिलेको अवस्थामा जम्माजम्मी २० हजार हाराहारी बिक्री हुने कारको प्लान्ट झन आफैमा चुनौतीपूर्ण हुने देखिन्छ । कारको एसेम्बल प्लान्ट लगाउने विषय आफैमा महँगोसमेत पर्ने हुँदा बजारको माग नबढेसम्म व्यवसायीले तत्कालै यस्ता उद्योग लगाउन इच्छा व्यक्त नगर्ने पनि हुन्छ । 

महालेखाकाे प्रतिवेदनमा भनिएको छ– ‘नेपालमा एसेम्बल गर्न भैरहवा भन्सार कार्यालयबाट बजाजका पाँच अर्ब २८ करोड २५ लाख बराबरका मोटरसाइकल पाटपुर्जा ल्याउँदा ७६ करोड ७० लाख राजस्व छुट लिएको छ ।’ मोटरसाइकल एसेम्बल गर्न पाटपुर्जा ल्याउँदा भन्सार जाँचपासका क्रममा अन्तःशुल्क ६७ करोड ८८ लाख र मूल्य अभिवृद्धि कर आठ करोड ८२ लाख रुपैयाँ छुट लिएको थियो । तर, नेपालमा ल्याएर एसेम्बल गर्दा ३.८१ प्रतिशत मात्र मूल्य अभिवृद्धि भएको छ ।

महालेखा प्रतिवेदन भन्छः उत्पादकलाई मात्र फाइदा

सरकारले स्वेदशमै सवारीसाधन एसेम्बल गर्न प्रोत्साहन गर्दै आइरहेको अवस्थामा एक सरकारी निकायले भने यस्ता उद्योगलाई उपलब्ध गराउँदै आइरहेको सहुलियतबाट अर्थतन्त्र र उपभोक्तालाई फाइदा नपुगेको निष्कर्ष निकालेको छ । महालेखा परीक्षकको कार्यालयले नेपालमा मोटरसाइकल एसेम्बल गर्दा राज्य र उपभोक्तालाई फाइदा नभएको बताएको हो । महालेखाले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनले नेपालमै मोटरसाइकल एसेम्बल गर्दा उत्पादकलाई मात्रै फाइदा भएको बताएको छ ।

एसेम्बल उद्योगमार्फत उत्पादन गर्दै आइरहेको बजाज मोटरसाइकलप्रति इंगित गर्दै प्रतिवेदनमा भनिएको छ– ‘नेपालमा एसेम्बल गर्न भैरहवा भन्सार कार्यालयबाट बजाजका पाँच अर्ब २८ करोड २५ लाख बराबरका मोटरसाइकल पाटपुर्जा ल्याउँदा ७६ करोड ७० लाख राजस्व छुट लिएको छ ।’ मोटरसाइकल एसेम्बल गर्न पाटपुर्जा ल्याउँदा भन्सार जाँचपासका क्रममा अन्तःशुल्क ६७ करोड ८८ लाख र मूल्य अभिवृद्धि कर आठ करोड ८२ लाख रुपैयाँ छुट लिएको थियो । तर, नेपालमा ल्याएर एसेम्बल गर्दा ३.८१ प्रतिशत मात्र मूल्य अभिवृद्धि भएको छ ।

सरकारले यस्ता उद्योग सञ्चालन गर्ने कम्पनीलाई स्पेयर पार्ट्समा लाग्ने अन्तःशुल्कमा २५ प्रतिशत छुट दिएको छ । तर, नेपालमा ल्याएर एसेम्बल गर्दा सरकारले दिएको राजस्व छुट बराबरको पनि मूल्य अभिवृद्धि नहुँदा राजस्व छुटको लाभ आयातकर्ताले मात्रै लिएको महालेखाको प्रतिवेदनले औंल्याएको छ ।

(टक्सार म्यागजिन, असार २०७९, पृष्ठ ६७–६९)