बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार ९०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९० हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ९२ हजार ८०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १४० रूपैयाँले बढेर ५ हजार १५० रूपैयाँ कायम भएको छ ।