चीनले आइतबार शेन्झोउ–२३ मानवयुक्त अन्तरिक्ष यानको सफल प्रक्षेपण गरेको छ । उत्तर–पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–२एफ क्यारियर रकेटमार्फत उक्त यान प्रक्षेपण गरिएको हो ।
जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रका अधिकारी ली बेन्कीले शेन्झोउ–२३ को प्रक्षेपण पूर्णरूपमा सफल भएको औपचारिक घोषणा गरे । यो यानले तीनजना अन्तरिक्ष यात्रीहरूलाई चीनको कक्षीय टियानगोङ अन्तरिक्ष स्टेशनमा पु¥याउनेछ ।
यस मिसनका लागि खटिएका चालक दलमा मिसन कमाण्डर झु याङ्झुसहित अन्तरिक्ष यात्रीहरू झाङ झियुआन र ली जियाइङ (लाई का–इङ) रहेका छन् । यी तीन अन्तरिक्ष यात्रीहरू क्रमशः उडान इन्जिनियर, अन्तरिक्ष यान चालक र पेलोड विशेषज्ञको रूपमा कार्यरत छन् ।



प्रतिक्रिया दिनुहोस्