वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त


काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको हो। छानविन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको जनाएको छ ।

छानबीन समितिले अधिकारीमाथि व्यवस्थापकीय सिप नभएको, पदअनुसारको आचरण नभएको र आर्थिक हिनामिनामा लागेको आरोपसहित बर्खास्तीका लागि सिफारिस गरेको थियो। यसअघि सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्बोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किएका थिए ।