नेप्से लगायत सीडीएससी, सेबोनको संरचना नै परिर्वन गर्नुपर्छ : फुयाँल


काठमाडाैं । नेप्से लगायत सीडीएससी सेबोन लगायत संस्थाको संरचना नै परिर्वतन गर्नुपर्ने नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कामु निर्देशक निरञ्जन फुयाँलल फुयाँलले बताए ।

छिमेकी देशमा स्टक एक्सचेन्ज,नियामकीय निकाय कसरी चलेका छन् हेरेर हाम्रोमा पनि त्यही अभ्यास सुरु गर्नुपर्ने फुयाँलले बताए ।

“सरकारले सेबोन र नेप्सेलाई खाद्यसंस्थानलाई हेर्ने नजरले पनि हेर्दैन।” फुयाँलले भने “हामीले एउटा सरबर किन्न १५÷२० लाख लाग्छ ढल्यो भने तत्काल हामीले किन्न सक्दैनौं विडिङ गरेर जाँदा ९/१० महिना लाग्छ, गत वर्ष सम्म त हामीले भाडामा लिन्थ्यौं तर यस वर्ष सार्वजनिक खरिद नियामवली संसोधन गर्ने बेलामा लिजमा लिने व्यवस्था हटाइएछ अब हामीले हात ठडाउने बाहेक विकल्पनै छैन ।”

त्यस्तै सिडीएसीलाई पनि दुई टुक्रा पार्नुपर्यो । फुयाँलले भने “एउटा क्लियरिङ हाउस एक्सचेन्जकै नियन्त्रणमा रहनेगरी बनाउनुपर्यो र डिपोजिट चाँही पुरै छुट्टै गर्नुपर्दछ ।”

साथै सर्ट सेलिङ, इन्ट्राडे कारोबार व्यवस्था, अक्सन मार्केट, बुक बिल्डिङ विधि सहित मल्टिपल बन्ड पनि ल्याउन आवश्यक रहेको फुयाँको भनाई छ ।

शुक्रबारको कारोबार बन्द हुने

अब शुक्रबार हुने सेयर कारोबार छिट्टै बन्द हुने भएको छ । फुयाँलले अब छिट्टै शुक्रबार भइरहेको २ घण्टाको कारोबार बन्द हुने बताए ।यसअघि सेयर कारोबार हप्तामा ५ दिनमात्रै कारोबार हुन्थ्यो। शुक्रबार कारोबार हुँदैन थियो। तर सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णयपछि सेयर कारोबार आइतबार बन्द गरेर शुक्रबार सञ्चालन भएको हो।

पछि सरकारले पुनः सातामा दुई दिन बिदा दिने खारेज निर्णय गर्दै असार १ गतेबाट शनिबारमात्रै सार्वजनिक बिदा दिने निर्णय गरेपछि भने सेयर बजार भने हप्ताको ६ दिन कारोबार हुने र शुक्रबार २ घन्टामा खुल्ने व्यवस्था गरिएको छ ।