नेप्से १७ अंकले घट्दा झण्डै ३ अर्बको कारोबार


काठमाडौं । आइतबार दोहोरो अंकले बढेको सेयरबजार सोमबार भने दोहोरो अंकले नै घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.६७ अंकले घटेर २१०६.१६ अंकमा झरेको छ । यता सेन्सेटिभ परिसूचक पनि ३.४१ अंकले घटेर ४०६.१४ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमुहमध्ये म्युचुअल फण्ड र उत्पादन तथा प्रषोधनबाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ ।

सोमबार कारोबार रकममा आधारमा शिवम् सिमेन्टले नै अग्रस्थानमा रहेको छ । कम्पनीको २० करोड ७१ लाख ६८ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

समग्र नेप्से परिसूचक घटेपनि आज २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन हाइड्रोपावर र गुराँस लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको हो ।

त्यस्तै आजको दिन जानकी फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.३१ प्रतिशतले घटेको छ ।

कूल २१४ वटा कम्पनीको ६५ लाख २७ हजार ४ सय १४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९ सय ६१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।