काठमाडौं । सानिमा बैंकले विश्व बैंक समुह अन्र्तगतको अन्तर्राािष्ट्रय वित्त निगम (आईएफसी)बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात उक्त रकम चालु आर्थिक वर्षमा प्राप्त गर्ने बैंकले जनाएको छ ।
तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आईएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरुको पंक्तिमा आफूलाई उभ्याएको छ ।
अहिलेको तरलताको असहज परिस्थितिमा पनि आईएफसीबाट प्राप्त रकमले एमएसएमई सेक्टरमामा कर्जा प्रवाह गर्न केही सहजता हुन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताए ।
पाण्डेका अनुसार सम्झौता अनुसार यो रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिने र समावेशिता तथा दिगो विकासको सिद्धान्तमा आधारित रही बैंकले यो रकम उक्त क्षेत्रमा प्रवाह गर्ने छ ।
आईएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस. फईबाट प्राप्त सन्देशमा सानिमा बैंकमा गरिएको यस लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको उल्लेख छ ।
‘लघु, साना तथा मझौला व्यवसायको लगानीले यस क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउनेछ’, सन्देशमा भनिएको छ, ‘यसका साथै नगद प्रवाहले नेपालको तरलता संकट र घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई कम गर्न पनि योगदान पुर्याउनेछ। आईएफसीले नेपालमा एसएमई इकोसिस्टमको विकास गर्न सानिमा बैंकको दृढ प्रतिबद्धताको कदर गर्दै दीर्घकालीन साझेदारीका लागि तत्पर रहनेछ।’
हाल सानिमा बैंकको देशभर १२७ कार्यालय र १२० वटा एटीएम सञ्जाल सञ्चालनमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस्