सेयरबजार निरन्तर ओरालो यात्रामा, नेप्से परिसूचक १९ अंकले घट्यो


काठमाडौं । सेयरबजारको ओरालो यात्रा आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ अंकमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.०९ अंकले घटेर ३ सय ९१ रूपैयाँ ६६ पैसामा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोष बाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७ करोड २७ लाख ९४ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ भने अपर हेवाखोला हाइड्रोको सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेको छ ।

यस दिन युनिलिभर नेपालको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ८.२३ प्रतिशतले घटेको छ ।

कूल २२३ वटा कम्पनीको ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।