भृकुटीमण्डपमा असोज ६ देखि ९ गतेसम्म विद्युतीय सवारीसाधनको मेला हुने


काठमाडौं । नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले पहिलोपटक विद्युतीय सवारी साधन (इभी) एक्सपो आयोजना गर्ने भएको छ । नाडाका अध्यक्ष ध्रुब थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य समितिको बैठकले पहिलो पटक नाडा ईभी एक्स्पो २०२२ गर्ने निर्णय गरेको हो । उक्त ईभी एक्स्पो असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने छ ।

नाडाका अध्यक्ष ध्रुव थापाका अनुसार सरकारले जीप, भ्यान र कारको आयातमा लगाएको प्रतिबन्धक भाद्र १४ गतेसम्म बढाएपछि नाडाले यसअघि गर्ने भनेको अटो शोलाई स्थगित गरेर इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो ।

इभी एक्सपोमा सहभागी हुन इच्छुक कम्पनी एवं व्रान्डले भाद्र १ देखि ५ गतेसम्म स्टल बुकिङ्क गर्न सक्ने व्यवस्था मिलाइएको छ ।