नेपाल लाईफको घाटा ३५ करोड, इपीएस पनि ऋणात्मक


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा खुद मुनाफमा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष ०७८/०७९ मा कम्पनी ३५ करोड २७ लाख रुपैयाँ घाटामा गएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा समिक्षा अविधीमा कम्पनी ३५ करोड २७ लाख रुपैयाँ घाटामा गएको छ ।

असार मसान्तसम्म कम्पनीको बीमा शुल्क भने ९.४४ प्रतिशतले बढेर ३४ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ३१ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर १ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कोषमा १ खर्ब १२ अर्ब रुपैयाँमा सीमित थियो। अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब १६ करोड रुपैयाँ रहेको रिजर्भको आकार ७१.६३ प्रतिशतले घटेर २८ करोड ८३ लाख रुपैयाँमा झरेको छ ।

चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४.३० रुपैयाँले ऋणात्मक रहेको छ ।

अघिल्लो वर्ष ईपीएस १२.७५ रुपैयाँ रहेको थियो। पीई रेसियो १७३.८२ गुणाले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.२९ रुपैयाँ रहेको छ।