गुराँस लाईफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले सेयरधनिलाई कुल चुक्ता पुँजीको ७.८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ७।४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०।३९ प्रतिशत नगद लाभांश गरि कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ