एक वर्षमा थप २ स्थानीयतहमा वाणिज्य बैंकको शाखा विस्तार


काठमाडौं । गत आर्थिक वर्षमा थप दुई ओटा स्थानीयतहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको वार्षिक प्रतिवेदनमा २०७८ असारसम्म ७५० स्थानीयतहमा पुगेको बैंकको पहुँच एक वर्षमा थप दुई स्थानीय तहमा पुगेको हो । ७५३ स्थानीयतह मध्ये ७५२ स्थानीयतहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । बैंक तथा वित्तीय संस्थाको संख्या २०७९ असार मसान्तसम्म १२६ रहेको छ भने शाखा संख्या ११ हजार ५२८ पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।