गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा भट्टराई नियुक्त


काठमाडौं । गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् । क्यापिटलको २०७९ साउन २९ गते बसेको संचालक समितिको बैठकले भट्टराइलाई नियुक्त गरेको हो । भदौ ०१ गते देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको जनाएको छ ।

भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका हुन् । उनी गरिमा क्यापिटको स्थापनाकाल देखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका छन् । यस अघि उनले गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आएका थिए ।