भदौ १० गते सम्म कायम सेयरधनीले राधी विद्युतकाे हकप्रदमा आवेदन दिन पाउने


काठमाडौं । राधी विद्युत् कम्पनीको हकप्रद सेयर निष्काशनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले हकप्रद्र सेयर निष्काशनको लागि यहि भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यसर्थ भदौ १० गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१.४७को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले हकप्रद सेयर जारीको लागी बुक क्लोजको तयारी गरेपनि सेयर निष्काशन गर्ने मिति भने तोकिसकेको छैन ।

हकप्रद सेयर निष्काशनको लागि कम्पनीले वैशाख २८ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो भने बोर्डले गत साउन ९ गते मात्रै अनुमति प्रदान गरेको थियो ।

कम्पनीले उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा क्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो ।