नेप्से परिसूचक ७ अंकले घट्यो, कारोबार रकम २ अर्ब माथि


काठमाडौं । साताको पहिलो कारोबारको दिने सेयरबजारमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ७ अंकले घट्दा कारोबार रकम २ अर्ब रुपैयाँ माथि रहेको छ ।

नेपाल स्टक एक्सचेन्जको सेयर मापक सूचक नेप्से परिसूचक आइतबार ७.७२ अंकले घटेर २०६०.५५ अंकमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.४९ अंकले घटेर ३ सय ९८.५८ को अंकमा पुगेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमुहमध्ये ९ वटा उपसमुह घटेको छ भने ४ वटा उपसमुहमा हरियाली छाएको छ ।

नेप्सेमा आज कारोबार रकमको आधारमा रिडी पावर कम्पनी सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको १२ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबारको दिन मन्दाकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज रिभर फल्स पावर कम्पनी लिमिटडेका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.१९ प्रतिशतले घटेको छ ।

कुल २१८ वटा कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।