तीन ओटा बैंकको कर्जा निक्षेप अनुपात ९० माथि, निक्षेप पनि बढ्यो


काठमाडौं । साउनको अन्तिम हप्ता वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ । साउन लागे यता घट्दै आएको निक्षेप अन्तिम हप्तामा भने बढेको हो । वणिज्य बैंकहरुमा साउन अन्तिम हप्ता निक्षेप १२ अर्ब रुपैँयाले बढेको छ । संघको तथ्यांक अनुसार साउन २७ गतेसम्म १ खर्ब २० अर्ब रुपैँया बाहिरिएकोमा २७ देखि ३१ गतेसम्म १२ अर्ब रुपैँयाले बढेको हो । बैंकहरुमा ४४ खर्ब ३३ अर्ब रुपैँया निक्षेप रहेको छ ।

साउनको पछिल्लो हप्तामा कर्जा प्रवाह २ अर्ब रुपैँयाले बढेको छ । बैंकहरुले ४१ खर्ब ७७ अर्ब रुपैँया कर्जा प्रवाह गरेका छन् । तीन ओटा बैंकहरुको कर्जा निक्षेप अनुपात ९० माथि पुगेको छ । सेन्चुरी बैंक, नबिल बैंक र नेपाल बैंकको कर्जा निक्षेप अनुपात ९० माथि पुगेको हो । सेन्चुरीको ९१.६३, नबिलको ९०.९२ र नेपाल बैंकको ९०.७२ रहेको छ । कर्जा निक्षेप अनुपात सबैभन्दा कम प्रभु बैंकको रहेको छ । प्रभु बैंकको ८२.८८ अंक रहेको छ । औषतमा बैंकहरुको कर्जा निक्षेप अनुपात ८८.२७ रहेको छ ।