नेप्से झिनो अंकले बढ्याे, कारोबार रकम डेढ अर्ब मुनि


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १ अंकले बढेको छ भने कारोबार रकम डेढ अर्ब मुनि खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १.८१ अंकले घटेर २०५४.९५ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ०.५८ प्रतिशतले बढेर ३९७.६९ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ वटा उपसमुह बढेका छ भने बाँकी उपसमूह घटेका छन् ।

मंगलबार कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रो पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १४ करोड २१ लाख ८९ हजार७ सय ३७ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आजको दिन रुरु जलविद्युत् परियोजनाका लागनीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजकै दिन सिद्धार्थ इक्यूटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.८८ अंकले घटेको छ ।
कुल २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८ सय ५७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।