नाडा ईभी एक्सपोमा ४० बढी स्टल रहने


काठमाडौं । आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंमा हुने विद्युतीय सवारी (ईभी) एक्सपो-२०२२ मा २२ वटा ईभी अटो ब्राण्डहरुले भाग लिने भएका छन् ।

मेलाको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा) का अनुसार आजसम्म ८ वटा ४ पाङ्ग्रेसहित १४ वटा दुई पाङ्ग्रे ईभी सवारीले स्टल बुकिङ गरेका छन् ।

नाडाका अनुसार थप १८ वटा अटो स्पेयर पार्टस्, टायर, ट्युव तथा लुब्रिकेन्ट कम्पनीहरुले समेत एक्सपोमा सहभागिताका लागि स्टल बुकिङ गरिसकेका छन् । पहिलो पटक भृकुटीमण्डपमा आयोजन हुँदै गरेको नाडा ईभी एक्सपो-२०२२ मा ४० बढी स्टल रहने छन् ।

चार पाङ्ग्रेमा ठूला ब्राण्डहरु टाटा, हुण्डाई, किया, बीवाईडी र दुई पाङ्ग्रेमा पनि विविध ब्राण्डहरुले एक्सपोमा सहभागिता जनाउँदै छन् ।