नेप्से झिनो अंकले बढ्यो, अरुण काबेलीको सर्वाधिक कारोबार


काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयर बजारमा झिनो सुधार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.८७ अंकले बढेर २०५७.८५ अंकमा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.६० अंकले बढेर ३९८.२९ विन्दुमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा अरूण काबेली पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको १६ करोड ९२ लाख ६६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावर कम्पनी लमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन सिद्धार्थ इक्विटी फण्डको मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ३.५८ प्रतिशतले घटेको छ ।

कूल २२३ वटा कम्पनीको ३६ लाख ७८ हजार ७ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५२ करोड ६१ लाख ८६ हजार २ सय १८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।