नेप्से परिसूचक १८ अंकले घट्यो


काठमाडौं । आज सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १८ अंकले घट्दा कारोबार रकममा भने केही सुधार आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १८.३० अंकले घटेर २०३९.५४ विन्दुमा झरेको छ । यता सेन्सेटिभ परिसूचक पनि ३.७८ अंकले घटेर ३९४.५१ अंकमा झरेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ ।

बिहीबार नेप्सेमा कारोबार रकममा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले अग्रस्थानमा रहेको छ । कम्पनीको ११ करोड २४ लाख ६५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतल सकरात्मक सर्किट लागेको छ ।

कूल २१९ वटा कम्पनीको ४२ लाख ३४ हजार एक सय १७ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७१ करोड ७४ लाख ३६ हजार ७ सय ४१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।