प्रथम मिस नेशन नेपाल २०२२ बनिन् अनिशा श्रेष्ठ, फस्ट रनरअपमा प्रजापती सेकेन्ड रनरअपमा शेर्पा


काठमाडौं । मिस नशसन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरेकी छिन् । आईडू इभेन्टको आयोजना तथा सजिलो पे मोबाइल वालेटको मुख्य प्रायोजनमा काठमाडौं थापाथलीस्थित ब्लुवर्डमलमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा १४ प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले ताज पहिरिइन्।

विजेता श्रेष्ठलाई एक लाख नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा फस्ट रनरअपको उपाधी पूर्णिमा प्रजापती र सेकेन्ड रनरअप दा लामु सेर्पाले प्राप्त गरेकी छन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा धुर्ब बुढाथोकी, ज्वाला राज पोख्रेल, सुमित राणा, स्मारिका शर्मा रहेका थिए। प्रतियोगिताको कोरियोग्राफी सुजित बश्यालले गरेका थिए ।

मिस नेसन नेपालको यो पहिलो संस्करण हो । भारतमा नियमित रूपमा आयाेजना हुदै आएकाे प्रतियाेगिताकाे फ्रेन्चाइजका रूपमा नेपालमा कार्यक्रम आयाेजना गरिएकाे हाे। युवतीहरुको व्यक्तित्व विकास, श्रृंगार, नृत्य, भाषण कला, आत्मरक्षा तथा अभिनय लगायतको शीप सिकाउने लक्ष्यकासकाथ कार्यक्रम शुरु गरिएको र निरन्तरता दिइने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा भिवोर्स चोइस पेमा शेर्पा, बेस्ट वाल्क पुर्णिमा प्रजापती, मिस फ्रेन्डली मरिना ढुङ्गेल,मिस कन्फिदेन्स श्वेता शर्मा, मिस त्यालेन्ट कोमल पौडेल, मिस मल्टीमिडिया आरती सर्फ, मिस डिसिप्लिन अन्जु थामी, बेस्ट पर्सनालिटी सँगम बस्नेत, मिस फोटोजेनिक मनिला राणालाई उपाधिसमेत दिइएको थियो ।

प्रतियाेगिताका लागि इडुकेसन पार्टनर सायम कलेज, टेलिभिज पार्टनर काष्टमण्डप टेलिभिजन, म्यागजिन पार्टनरमा टक्सार म्यागजिन तथा अनलाइन पार्टनरमा टक्सारन्युजडटकमलुम्बिनीसञ्चारडटकम रहेका थिए। फुड पार्टनरमा ओसिएन डी गार्डेन एण्ड लाउन्ज, मेकप पार्टनर मेकअप विथ दिपिका तथा बुटिक पार्टनर रूक्सर बुटिक रहेका छन्।