पिपुल्स पावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् नतिजा


काठमाडौं। पिपुल्स पावर कम्पनी लिमिटेडले जारी गरेको आइपीओ आज बाँडफाँड भएको छ ।

कम्पनीले गत साउन २१ गतेदेखि भदौं ५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको साधारण सेयर (आइपीओ) आज बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको प्रधान कार्यालयमा सम्पन्न भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको थियो भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्म १५ लाख ५१ हजार ४ सय १३ जना आवेदकले १ करोड ६९ लाख १० हजार ६२० कित्ताका लागि दिएको आवेदन मात्रै योग्य भएको थियो । बाँकी ५ हजार ११२ जना आवेदकको आवेदन रद्द भएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएको थियो । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी २ लाख २९ हजार ४ सय ६८ जना आवेदकले १० कित्ता सेयर हात पारेका छन् ।

यसरी हेर्नुहोस् आइपीओको नतिजा
आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको   (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको https://www.prabhucapital.com/ वेभसाइट, पिपुल्स पावर कम्पनी लिमिटेडको http://peoplespower.com.np/वेभसाइट र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर हेर्न सकिन्छ ।