स्मार्ट इलेक्ट्रिक भेइकल चार्जर नेपालमा


काठमाडौं । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेइकल चार्जर सार्वजनिक गरेको छ ।

यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत इभी युजरहरूका लागि डिजाइन गरिएको हो । इओ चार्जिङ ब्रिटिश प्रदायकको बिजुली बाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन भएको कम्पनीले जनाएको छ।

यसले एभी चार्जिङ स्टेशनहरू र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ । इओ बेलायतको मुख्यालयमा २०१४ मा स्थापना गरिएको थियो।

इओको टेक्नोलोजी, विश्वका ठूला व्यवसाय र एमाजोन, डिएचएल र टेस्को जस्ता फ्लीट अपरेटरहरूले प्रयोग गर्दै आएका छन् भने यो विश्वभर ३५ भन्दा बढी देशहरूमा वितरण भएको छ।

यस कम्पनीले मर्सिडीज बेन्ज भ्यान जस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ। डिसेम्बर २०२१ मा इओले यूके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा ६० हजार ओटा चार्ज पोइन्टहरु स्थापित गरेको थियो।

इओ मिनिमा इन्टग्रल ६ एमए डिसी को सहयोगले सजिलै चुहावटको स्रोत पत्ता लगाउन सकिने कम्पनीले जनाएको छ । यसलाई बिना कुनै टाइप बी आर सिडि नियन्त्रण गर्न सकिन्छ । कम्पनकिा अनुसार इओ मिनि घरको पावर इनपुट जडानको आधारमा ६ एमपी देखि ३२ एमपी सम्म समायोजन गर्न सकिन्छ। बजारमा सबैभन्दा सानो इओ १७५ एमएम १२५ एमएम ९५ एमएम मा उपलब्ध छ।

इओ मिनिका अन्य उल्लेखनीय सुविधाहरूमा विश्वव्यापी सकेट वा टेथर्ड (कालो मात्र) र एक ७.२ किलोवाटसम्मको पावर रेटिंगलाई लिन सकिन्छ । कम्प्याक्ट चार्जर १ वर्षको वारेन्टीको साथ आउँछ र यसको मूल्य ८५ हजार रुपैंयाँ रहेको कम्पनीले जनाएको छ ।