नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा खेलकुद प्रतियोगिता आयोजना हुने


काठमाडौं । नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा “टुगेदर फर अ हेल्दी लाइफस्टाइल’’ भन्ने नारासहित “एमबान स्र्पोट्स मिट २०२२” अन्र्तगत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्न लागिएको छ ।

प्रतियोगितामा नेपाल मर्चेन्ट बैँकर संघका सदस्य संस्थाहरु साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायहरु समेत सहभागी हुनेछ । त्यस्तै प्रतियोगितामा पुरुष तथा महिला बिधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्पर्धा हुनेछ भने पुरुष बिधामा फुटसल प्रतिस्पर्धा समेत हुने भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन सहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्पर्धा भदौ १७ र १८ गतेका दिन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुनेछ भने फुटसलका प्रतिस्पर्धाहरु प्रतियोगिता समापन सहित भदौ २४ र २५ गतेका दिन चन्डोैल अवस्थित ढुकु फुटसल हवमा आयोजना हुने जनाएको छ ।