तरलता व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक


काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले रिपो मार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । बुधबार एक सूचना सार्वजनिक गर्दै राष्ट्र बैंकले (बिहीवार) यही २३ गते २० अर्ब रुपैयाँको रिपो निष्काशन गर्ने जानकारी दिएको हो ।

१४ दिनका लागि जारी हुने उक्त रिपो आगामी असोज ६ गते परिपक्‍व हुनेछ । इच्छुक क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले प्रक्रिया पु-याएर रिपोका लागि आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १० करोडदेखि माथि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको लागि आवेदन दिन सक्नेछन् । आवेदन भने बिहीबार ३ः ३० भित्र दिइ सक्नुपर्नेछ ।

राष्ट्र बैंकले बजारमा तरलता अभाव भएका बेला रिपो मार्फत बैंक तथा वित्तीय संस्थालाई अल्पकालिन कर्जा सापटी दिने गर्छ भने बजार अधिक तरलता भएको बेला रिभर्स रिपोमार्फत पैसा लिनेगर्छ ।