पिपुल्स हाइड्रो आयोजना प्रभावित स्थानीयका लागि भदौ ३१ गतेदेखि आईपीओ खुल्ले


काठमाडौं । पिपुल्स हाइड्रोपावरले भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीयहरुको लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३२ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।

सोमध्ये आयोजनाका अति प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाका ६ र ७ नम्बर वडाका बासिन्दालाई ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ । यस्तै, लमजुङ जिल्लाका स्थानीयका लागि २२ लाख ४० हजार कित्ता सेयर छुट्याइएको कम्पनीले जनाएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । कम्पनीले असोज १४ गतेसम्म आवेदन दिन पाउनने छन् । सो मितिमा सेयर बिक्री नभए असोज ३० सम्म आवेदन मिति लम्ब्याइनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।