सुन्दर यातायातले ल्यायो फियाडो ब्रान्डको आर्चर विद्युतीय स्कुटर, यस्ता छन् विशेषता


काठमाडौं । सुन्दर ट्रेडर्स प्रा।लि।ले फियाडो ब्रान्डको आर्चर मोडलको विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

आर्चर विद्युतीय स्कुटरले ५।४४ किलोवाटमा ३५०० आरपीएममाको पिक पावर दिन्छ भने २९ एनएम टर्क जेनेरेट गर्छ । यसमा १५ सय वाटको हब मोटर प्रयोग गरिएको छ ।

यसमा प्रयोग भएको ४८ भोल्टको लिथियम आयोन ब्याट्रीमार्फत सिंगल चार्जमा १२० किलोमिटर चलाउन सकिन्छ । ब्याट्रीको क्षमता १० किलोवाट रहेको छ । यसलाई ३ घण्टा ४५ मिनेट भित्र फुल चार्ज गर्न सकिन्छ । उक्त स्कुटरमा दुई जना बस्न मिल्ने सिट राखिएको छ ।

यसको ब्याट्रीमा ३ वर्षको वारेन्टी रहेको छ । यो स्कुटरको मूल्य २ लाख ४४ हजार रुपैयाँ तोकिएको छ ।