विश्व स्कुल दूध दिवस कार्यक्रम समापन


काठमाडौं । नेपाल डेरी एसोसिएसनले ५ दिवसीय ‘विश्व स्कुल दूध दिवस’ कार्यक्रम समापन गरेको छ ।

असोज ८ गतेदेखि सञ्चालन भएको दिवस आज सकिएको हो । दिवसका अवसरमा कार्यक्रम सार्वजनिक गर्दै एसोसिएसनले असोज ८ गते काठमाडौंको शंखमुल स्थित दृश्य बहुउद्देश्यीय सहकारीको सहकार्यमा बालबालिकालाई दूध तथा दुग्ध पदार्थ सेवन गराई कार्यक्रम उद्घाटन गरेको थियो ।

असोज ९ गते सिन्धुलीको कमलामाई नगरपालिकामा दुग्ध किसान, व्यवसायी एवं उद्योगीहरूको झण्डै १ सय जनाको उपस्थितिमा विभिन्न विद्यालयका २०० जना विद्यार्थीहरूलाई दूध तथा दुग्ध पदार्थ वितरण गरिएको थियो । असोज १० गते रोटरी क्लब अफ कपन,काठमाडौंसँग सहकार्य गरेर विद्यार्थीहरूलाई अनिवार्य दूध तथा दुग्ध पदार्थ सेवन गर्न लगाउनु पर्ने विषयमा अन्तरक्रिया गरेको थियो । असोज ११ गते त्रिरत्न स्कुल डल्लु काठमाडौंका विद्यार्थीहरूलाई दूध तथा दुग्ध पदार्थ सेवन गराईएको थियो ।

अन्तिम दिन आज १२ गते काठमाडौंको सेन्ट जर्ज इन्टरनेशनल स्कुल धुम्बाराहीमा उद्योगी, किसान एवं स्कुलका विद्याथीहरू बिच ३०० जनालाई दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईएका एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

यस्तै दिवसका अवसरमा काभ्रेको सिद्धार्थ बनस्थली स्कुल पनौतीमा रोटरी क्लब अफ पनौती र उद्योग वाणिज्य संघ काभ्रेको सहयोगमा करिब ५ सयजना विद्यार्थीलाई दिध तथा दुग्ध पदार्थ बितरण गरियो र प्रदेश नं। १ झापामा नेपाल डेरी एसोसिएसनले स्प्रीङ्ग डेल फस्र्ट स्कुल मेचीनगरमा विद्यार्थीहरूलाई दूध तथा दुग्ध पदार्थ वितरण गरिएको छ ।

दूधमा शरीरलाई आवश्यक सबै पौष्टिक तत्व पाइने भएकोले बालबालिकालाई अनिवार्य दूध सेवन गराउनु पर्ने र यसको विशेष पहल विद्यालयबाट मात्र हुन सक्ने भएकोले पनि यसरी ‘स्कुल दूध दिवस’ मनाउन शुरु गरिएको हो । विद्यालयमा विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थको जानकारी गराउँदा पक्कै पनि बालबालिकालाई फाइदा हुने केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले बताए ।