सवारी आयातमा लगाएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग नाडाको माग


काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले कार, जीप, भ्यान र १५० सीसीभन्दा माथिका दुई पाङ्ग्रे सवारी साधन आयातमा लगाएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गरेको छ ।

सरकारले आयात प्रतिबन्धको समय लम्ब्याएर असोज २८ गतेसम्म निजी प्रयोजनका कार जीप भ्यान र १५० सीसीभन्दा माथिका दुई पाङ्ग्रे सवारी साधनहरुको आयातमा प्रतिवन्ध लगाएको छ ।

विदेशी मुद्राको संचिति र बैंकहरुमा लगानीयोग्य तरलतामा चाप परेपछि सरकारले गएको बैशाख १४ गतेबाट बढी सीसीका कार, जीप, भ्यान र अरु बिलासिताका सामानहरुको आयातमा प्रतिवन्ध लगाएको थियो ।

देशलाई भन्सार विन्दुमा उठने मूल्य भन्दा दोब्बर राजस्व बुझाउदैँ देशको कुल कर राजस्वमा झण्डै २५ प्रतिशत योगदान अटोमोबाइल क्षेत्रले पु-याइ राखेकाे छ । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडाले खर्बौको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेको अटोमोबाइल व्यवसाय आज सरकारको उक्त अदुरदर्शी नीतिका कारण धरासायी हुने अवस्थामा पुगेको बताएको छ ।

“नेपालमा पैठारी हुने हजारौ वस्तुहरु मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो वस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पुर्‍याउने गर्दछ । यही कुरालाई मनन गर्दे आयातमा लागेको प्रतिबन्ध फुकाउने वातावरण निर्माण गर्न सबैमा आग्रह गर्न चाहन्छु,” ध्रुव अध्यक्ष थापाले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।