बीवाईडी एट्टो३ इलेक्ट्रिक कार नेपालमा शनिबार सार्वजनिक हुने


काठमाडौं । नेपालमा आगामी शनिबार बीवाईडी एट्टो ३ सार्वजनिक हुने भएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आगामी शनिबार बीवाईडी एट्टो३ सार्वजनिक गर्ने जनाएकाे छ ।

चाइनिज ब्रान्ड बीवाईडीले नयाँ इलेक्ट्रिक कार एट्टो ३ भारतमा आज सार्वजनिक गरेकाे छ । कम्पनीका अनुसार ५० हजार भारुका साथ बुकिङ गर्न सकिने सो इलेक्ट्रिक कार आगामी जनवरीदेखि डेलिभरी गरिने छ ।

भारतमा सार्वजनिक गरिएको बीवाईडी एट्टो ३ मा ६०.४८ किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । डीसी फास्ट चार्जरको सहयोगले यसको ब्याट्रीलाई ५० मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिने कम्पनीले उल्लेख गरेकाे छ ।

यसमा एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, प्यानोरामिक सनरुफ, ८ स्पिकर, एलईडी लाइटिङ सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर आदि फिचर उपलब्ध छ ।

सुरक्षाका लागि यसमा ७ एयरब्याग, टीपीएमएस, फ्रन्ट र रियर पार्किङ सेन्सर, ३६० डिग्री पार्किङ क्यामेरा, ईबीडी सहितको एबीएस, ईएसपी, टीसीएस, अल ह्विल डिस्क ब्रेक र अन्य धेरै फिचर रहेकाे कम्पनीले उल्लेख गरेकाे छ ।