चार वस्तुकाे आयात प्रतिबन्ध लम्ब्याउने मन्त्रिपरिषद्काे निर्णय


काठमाडौं । सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई लम्ब्याएको छ ।

असोज २८ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर मसान्तसम्म प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो ।

संचार तथा सूचना प्रविधि मन्त्री एंवम सरकारका प्रवत्ता ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिबन्ध थप दुई महिना मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय भएको बताए । विदेशी मुद्रा सञ्चितीमा चाप परेको भन्दै सरकारले वैशाखमा १० वस्तुको आयात प्रतिबन्ध गरेको थियो । जसमध्ये ६ वस्तुको आयात फुकुवा भइसकेको छ भने कार जीप भ्यान, मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिरा (४ वस्तु)को आयात फुकुवा भएको छैन ।