नेप्सेमा सामान्य गिरावट, नबिल बैंकको सर्वाधिक कारोबार


काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि सेयरबजार ओरालो लागेको छ । नेप्से परिसूचक सामान्य अंकले घटेपनि कारोबार रकम भने ५१ अर्बमै सीमित भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्सुे परिसूचक २.६१ अंकले घटेर १८५८.३३ अंकमा झरेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक भने ०.२० अंकले बढेर ३६५.६२ अंकमा पुगेको छ ।

सोमबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ६ वटा उपसमुह बढेका छन् भने ७ वटा उपसमुह घटेका छन् । फाइनान्स उपसमुह सबैभन्दा धेरै १.१० प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन उपसमुह ०.४१ प्रतिशतले घटेको छ ।

नेप्सेमा आज नबिल बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २ करोड ७९ लाख १९ हजार २ सय १५ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा धेरै मुनाफा कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै आज पिपुल्स पावर कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले घटेको छ ।

कुल २१९ कम्पनीको १६ लाख ३१ हजार ३ सय ४९ कित्ता सेयर किनबेच हुँदा ५१ करोड ५८ लाख १८ हजार ९ सय ८९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।