सोल्टी होटलको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । सोल्टी होटेल लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको २६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

होटेल सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँको कुल २६.३१५७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश ५ प्रतिशत बोनस सेयर र २१.३१५७८९४७ नगद लाभांश दिने भएको हो ।

सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीहरूले पाउनेछन्। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस ६ गतेसम्म कायम सेयरधनीहरूमात्रै उक्त लाभांशमा भाग लिन पाउनेछन् ।

यसैगरी सञ्चालक समितिले कम्पनीको ४८ औँ वार्षिक साधारणसभा आउँदो पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।