नेप्से दोहोरो अंकले घट्यो, कारोबारमा सोल्टी होटल अगाडी


साताको कारोबारको चौथो दिन पनि सेयरबजारको ओरालो यात्रा कायमै रहेको छ । बुधबार नेप्से परिसूचक १२ अंकले घट्दा कारोबार रकमका आधारमा सोल्टी होटल अग्रस्थानमा रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १२.८१ अंकले घटेर १८४५.५१ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.६६ अंकले घटेर ३६२.९६ अंकमा झरेको छ ।

बुधबार नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड र होटल तथा पर्यटनबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

आज नेप्सेमा कारोबार रकमका आधारमा सोल्टी होटेलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३ करोड ७२ लाख १२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार नेप्सेमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज पिपुल्स पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.४७ प्रतिशतले घटेको छ ।

कूल २१६ वटा कम्पनीको २१ लाख ५१ हजार ७ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा ६४ करोड ३६ लाख ७ हजार ९ सय ७५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।