नेप्से झिनो अंकले घट्दा कारोबार रकम ५० करोडमा सीमित


काठमाडौं । सेयरबजारको ओरालो यात्रा आज पनि कायमै रहेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले घटेको छ भने कारोबार रकम ५० करोडमा सीमित बनेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक १.३८ अंकले घटेर १८४४.१४ अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक ०.०९ अंकले बढेर ३६३.०५ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपसमुह मध्ये ३ वटा उपसमुह बढेका छन् भने अन्य उपसमुह घटेका छन् ।

बिहीबार नेप्सेमा आभ्यान लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३ करोड ६९ लाख ५२ हजार ९ सय १ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सयपत्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आज सेन्चुरी डिबेन्चर २०८८ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त डिबेन्चरको मूल्य ७.७३ प्रतिशतले घटेको छ ।

कुल २२१ कम्पनीको १५ लाख ४६ हजार ८ सय ५७ कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाख ८९ हजार ५ सय ६० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।