काठमाडौं । नेपालमा पुष्प व्यवसायको सम्भावना अधिकतम रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् ।
ललितपुरकाे जावलाखेलमा विहिबार (आज ) बाट सुरू भएकाे १५ औं गोदवारी फूलको प्रतियोगितात्मक प्रर्दशनी २०७९ को समुद्घाटन कार्यक्रममा अध्यक्ष गोल्छाले भने, “सरकारले पुष्प क्षेत्रमा ६ अर्वको लगानी गर्दा आत्मनिर्भरको बाटोमा पुगेको र यदि पुष्पा क्षेत्रमा अझै थप लगानी गर्दा यसको निर्यात गर्न सकिन्छ ।”
उनले नेपालको अर्थतन्त्र पछिल्लो समय निकै कमजोर हुदैँ गएको बताए । “हामीले हरेक वस्तुको आयात गरेका छौं । त्यसकारण सरकारले यस क्षेत्रमा थप लगानी गरेर यसको निर्यात तर्फ पनि ध्यान दिन आवश्यक रहेको छ’’ उनले भने, “नेयदरल्यान्डले वार्षिक ५० करोडको पुष्प विश्वभर निर्यात गरेको छ । त्यस्तै निर्यात हामीले पनि गर्न सक्छौँ ’’ ।
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2022/10/fan-3.jpg?resize=720%2C341&ssl=1)
नेपालका किसानहरु पछिल्लो समय पुष्प खेतिमा थप आर्कषण भएको कृषि विभागका उपमहानिर्देशक हरि बहादुर केसीले बताए । उनका अनुसार सरकारले यतिबेला खाद्य सुरक्षामा केन्द्रित हुदा पुष्प खेतिलाई ध्यान दिएको छैन । उत्पादन र यसको निर्यात गर्नको लागि थप लगानी गर्न आवश्यक रहेको उनले बताए ।
उनले भने, “पछिल्लो समय सरकारले राजपत्रमा नै प्रकाशन गरेर कृत्रिम फूलको आयातमा प्रतिबन्ध लगाएको छ । तर बजारमा यसको आयात भएको पाइन्छ । यसको लागि अनुगमन टोलि सक्रिय रुपमा परिचालन गर्नुपर्छ।’’
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2022/10/fan-5.jpg?resize=720%2C341&ssl=1)
नेपालमा पछिल्लो समय १० देखि २० प्रतिशत फूलको माग बढ्नुको साथै उत्पादन पनि बढेको नेपाल फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यान का अध्यक्ष मिन बहादुर तामाङले बताए । तामाङका अनुसार हरेक वर्षहरुको तिहारमा २० लाख सयपत्री, मखमली ३ लाख र गोदावरीको २५ हजारसम्मको मालाहरु खपत हुने गरेको छ ।
“नेपालमा तिहार र प्रेम सप्ताहमा बढी मात्रामा फूल खपत हुने गरेको छ । नेपालमा हाईब्रिड बीउ नभएको र त्यसको लागि ठूलो लगानी गर्नुपर्छ । त्यसकारण नेपालले फूल आयात गर्नुपर्ने बाध्यता रहेको छ,’’ उनले भने ।
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2022/10/fan-1.jpg?resize=720%2C341&ssl=1)
फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ २०७९ कार्तिक ३ देखि ६ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा आयोजना गरिएको छ ।
उक्त प्रर्दशनीमा व्यवसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरि जम्म ५५ वटा प्रदर्शनी कक्षहरु रहेका छन् । यस वर्षको गोदावरी फूलको प्रर्दशनीमा ३७ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै ८० लाख सम्मको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्