नेकपा एकिकृत समाजवादीको घोषणापत्र: रासायनिक मल र प्राङ्गारिक मल करखाना स्थापनामा जोड दिने


काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीले रासायनिक मल र प्राङ्गारिक मल करखाना स्थापनामा जोड दिने जनाएको छ । नेकपा एकिकृत समाजवादी पार्टीले आप्mनो घोषणापत्रमा प्राकृतिक जैविक मल उत्पादनतर्फ किसानहरुलाई आकर्षित गराउने र कृषि उत्पादनमा आवश्यक रासायनिक र प्राङ्गारिक मल देशभित्रै उत्पादन गर्नका लागि देशमा मल कारखाना स्थापनामा जोड दिने उल्लेख गरेको छ ।

समाजवादीको घोषणापत्रमा रासायनिक कीटनाशक विषादीको ठाउँमा प्राङ्गारिक विषादी प्रयोग गर्ने नीति लिइने जनाएको छ । हरेक स्थानीय तहका कृषि उत्पादन क्षेत्रमा सरकारी तथा सरकारबाट मान्यता प्राप्त कृषि तालिम केन्द्रका साथै कृषि बजार, कृषि प्रसार, पशु सेवा केन्द्रसहित एकीकृत सेवा केन्द्रको स्थापना र कृषिविज्ञ तथा आवश्यक प्राविधिक जनशक्ति विकास गर्न व्यावसायिक तथा प्राविधिक स्कुल, कलेज तथा तालिम केन्द्रहरू स्थापनामा जोड दिने जनाएको छ ।

दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न, माछा, मासु, अन्डा र दुधमा आत्मनिर्भर बनाउने र पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पु¥याइने नीति लिइने समाजवादीको घोषणापत्रमा उल्लेख गरिएको छ ।