पाँचवर्षमा कुल गार्हस्थ उत्पादन १०० खर्ब रुपैयाँ पुर्‍याउने एमालेको लक्ष्य


काठमाडौं । नेकपा एमाललेले आगामी पाँच वर्षभित्रमा कुल गार्हस्थ उत्पादन रु १०० खर्ब पुर्‍याउने लक्ष्य लिएको छ । एमालेले मंगलबार सार्वजनिक गरेको घोषणा पत्रमा हालको करिव रू. ४८ खर्बको कुल गार्हस्थ उत्पादन (जिडिपी) आगामी पाँच वर्षभित्र रु १०० खर्ब पु¥याउने जनाएको छ ।

त्यस्तै पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर २ हजार ४ सय पु¥याउने लक्ष्य लिएको छ ।

एमालेले आगामी पाँच वर्षमा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, आर्थिक स्थायित्व कायम गर्ने र सफलताको न्यायोचित हिस्सेदारी सुनिश्चित गरी समतामूलक न्यायपूर्ण समाजको सुदृढ आधार तयार गरी नेपाली अर्थव्यवस्थालाई समाजवादउन्मुख बनाइने जनाएको छ ।

प्रारम्भमा सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै गर्दै आगमी पाँच वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै यसलाई दुई अंकमा पुराउने घोषणापत्रमा उल्लेख गरिएको छ ।