सुनको मूल्य प्रतितोला ४ सयले घट्यो


काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य आरालो लागेको छ । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँ र तेजाबी सुन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २१५ रुपैयाँ कायम भएको महासंले जनाएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।