‘सानिमा ग्रोथ फण्ड’ मा आवेदन दिने म्याद थप


काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले निश्कासन गरेको म्यूचुअल फण्ड नबिकेपछि म्याद थप गरेको छ ।

क्यापिटलले कार्तिक १६ गते, बुधबारदेखि कात्तिक २० गते आजसम्म ‘सानिमा ग्रोथ फण्ड’ नामक म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । उक्त समयसीमा भित्र फण्ड नबिकेपछि क्यापिटलले आवेदन दिने म्याद लम्ब्याएको छ । अब उक्त म्यूचुअल फण्डमा कार्तिक ३० गतेसम्म आवेदन दिन पाइनेछ ।

क्यापिटलले सानिमा ग्रोथ फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १३ प्रतिशत अर्थात १ करोड ५६ लाख इकाई कोष प्रवद्धक सानिमा बैंकले लगानी गर्नेछ ।

त्यस्तै, २ प्रतिशत अर्थात् २४ लाख इकाई योजना व्यवस्थापक श्री सानिमा क्यापिटललाई र त्यसपछी १ करोड ८० लाख इकाई बीज पूँजीलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ ।