प्रतितोला २ सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार आज सोमबार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँले ओरालो लागेर तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेका छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले सस्तिएर तोलाको १२६५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।