मार्जिन कारोबारको लागि नेप्सेले सार्वजनिक गर्‍यो ८७ कम्पनीको नामावली


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ। नेप्सेले आज एक सूचना प्रकाशित गर्दै मार्जिन कारोबारको लागि योग्य ८७ वटा कम्पनीहरुको नाम सार्वजनिक गरेको हो ।

मार्जिन कारोबारसम्बन्धी कार्यविधिअनुसार तोकिएको मापदण्ड पुगेका कम्पनीहरुको नामावली तयार पारिएको नेप्सेका प्रवक्त मुराहरी पराजुलीले बताए ।

नेप्सेले सार्वजनिक गरेको मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावलीमा ८७ वटा कम्पनी रहेका छन्। जसमध्ये १७ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, २९ वटा लघुवित्त, ५ वटा फाइनान्स, १३ ओटा हाइड्रोपावर ४ वटा लाइफ इन्स्योरेन्स, ५ वटा नन लाइफ इन्स्योरेन्स, होटल समूहको एउटा कम्पनी रहेको छ ।

साथै नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूचिमा रहेका छन् ।