विवाईडी विक्री गर्यो ३० लाख यूनिट ईभी, आगामी वर्ष लक्जरी सार्वजनिक सवारी ल्याउने


काठमाडौं । चिनिया इलेक्ट्रिक साधन निर्माता कम्पनी विवाईडीले विश्वभर ३० लाख गोटा (यूनिट) इलेक्ट्रिक सवारी साधन विक्री गरेको छ ।

पछिल्लो १३ वर्षको यात्रामा दुई वर्षयता सबैभन्दा धेरै विक्री बढेको जनाएको छ । कम्पनीले पछिल्लो ६ महिनामै १० लाख यूनिट विक्री गरेको बताएको छ ।

हालै मात्र एट्टो ३ मोडेलको कार सार्वजनिक गरेको विवाईडीले आगामी वर्ष सार्वजनिक यातायातका साधनमा नयाँ लक्जिरी साधन सार्वजनिक गर्ने घोषणा गरेको छ । नेपालमा पनि विवाईडीले बजार विस्तारलाई प्राथमिता दिएको छ ।