बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित


बाजुरा । बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ ।

जिल्लाको बुढिगंगा नगरपालिका– ८ को मतदान केन्द्र, बुढीनन्दा – ५ र स्वामिकार्तिक खापर गाउँपालिका–४ को एक केन्द्रमा मतदान स्थगित भएको हो ।

राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए ।