एमाले उपाध्यक्ष पौडेलले गरे मतदान


बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् ।

पौडेलेले बुटवल–८ स्थित डिभिजन सडक कार्यालय परिसरस्थित मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिंदै पौडेलले निर्वाचन लोकतन्त्रको उत्तम अभ्यास रहेको बताए । उनले यो निर्वाचनबाट एमालेले राम्रो नतीजा ल्याउने बताए । “बितगतका तीतामिठा अनुभवबाट पाठ सिकेर अगाडी बढेका छौँ, जनतामा एमालेप्रतिको उत्साह देख्दा विगतको भन्दा अझै राम्रो नतिजा आउला भन्ने आकलन छ,” उनले भने ।

सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका नेकपा (एकिकृत समाजवादी)का राजु गुरुङसहित तीन जनाको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले अब बाँकी रहेका १४ जना उम्मेद्वारसँग प्रतिस्पर्धामा छन् ।