पौने १ बजेसम्म देशभर ३२ प्रतिशत मत खस्यो : आयोग


काठमाडौं । दिउँसो पौने १ बजे सम्म बजेसम्म ३२ प्रतिशत मत खसेको छ ।

आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १२ः४५ बजे सम्म ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको जनाएका छन् ।

‘यो पटकको निर्वाचनमा बिहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको छ।’ पाैडेलले भने ‘चिसोका कारणले पनि होला विहान कम मत खसेको छ, काठमाडौंमा विहानको समयमा लाइन देखिएको छैन, १०ः११ बजेपछि मात्र भिड बढेको छ।’

प्रवक्ता शालिकराम पौडेलका अनुसार छिटपुट घटनाबाहेक मतदान अहिलेसम्म शान्तिपूर्ण भइरहेकाे छ भने केही स्थानमा विभिन्न कारणले मतदान रोकिएर फेरि सुचारु भएको छ ।

त्यस्तै आयोगले सामान्य विवादमा मतदान स्थगित नगर्न र ५ बजेसम्म स्थगनको सूचना पनि जारी नगर्न निर्देशन दिएको छ ।