रोनाल्डोले बनाए पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमानी


काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो फिफा विश्वकपको पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

विहीबार रंगशाला ९७४ मा समूह जी मा रहेका पोर्चुगल र घानाबीच भएको रोमाञ्चक खेलमा पोर्चुगलले घानामाथि ३-२ को जित निकाल्दै विश्वकपमा विजयी सुरूवात समेत गरेको छ ।

रोनाल्डोले घानाविरुद्ध गोल गर्दै विश्वकपको आठौं गोल गरे । उनले १८ औं खेल खेल्ने क्रममा ६५ औं मिनेटमा घानाविरुद्ध सुरुवाती अग्रता पनि दिलाए ।

पहिलो हाफमा गोलरहित रहेको खेलमा दोस्रो हाफ भने दुवै टोलीले आक्रमक खेल प्रस्तुत गरे । खेलको ६५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । गोलसँगै रोनाल्डो विश्वकपको पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी पनि बने ।

रोनाल्डोले सन् २००६ विश्वकपमा इरानविरुद्ध गोल गर्दै खाता खोलेका थिए ।