गाडीको आयात रोकेर व्यापारीहरुलाई फाइदा भएको छ: गर्भनर अधिकारी


काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले गाडीको आयात रोकेर व्यापारीहरुलाई फाइदा भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा गर्भनर अधिकारीले अटो व्यवसायीले गुनोसो गरे पनि आयात रोकेर व्यापारीलाई नै फाइदा भएको बताएका हुन् ।

उनले भने,“अहिले ऋण लिएर गाडी ल्याएको भए बिक्री हुँदैन थियो । त्यसमा पनि व्यापारीहरुलाई समस्या पर्ने थियो । हामीले अध्ययन गरेर समस्या समाधान गर्दै आएको छौं । सबैको प्रतिकृया लिएर त्यसलाई पनि सुधार गर्छौ ।”