‘पीआर माेह’ त्यागेर दुग्ध उद्यममा जम्दै मनाेज


२५ वर्षे मनोज अष्ट्रेलियाको पीआरको मोह त्यागेर स्वदेशमै डेरी उद्यममा रमाइरहेका छन् । बुवाको बिँडो सम्हाल्दै उनले नेतृत्व गरेको नवप्रभात डेरीमा पुस्तान्तरणको अभ्यास गरिरहेका छन् । उद्योगका १० जना सेयरधनीमध्ये धेरैजसो दोस्रो पुस्ताका युवा छन् । 

डेढ वर्ष अगाडिसम्म ललितपुर चाँपागाउँका मनोज हुमागाइँले डेरी क्षेत्रको व्यवसाय व्यवसायमा आउँछु भनेर सोचेका पनि थिएनन् । उनको परिवार लामो समयदेखि दुग्ध व्यवसायमा लागिसकेको थियो । आइटी पढ्न १८ वर्षको उमेरमा नै युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी पुगेका मनोजले डिप्लोमा र स्नातक तहको पढाई सकेर पीआर लिन आवेदनसमेत दिएका थिए ।

स्पिटालिटीसमेतमा डिप्लोमा गरेपछि नेपालमा व्यवसाय गर्ने सोचले बिजनेस म्यानेजमेन्टमा स्नातक तहसम्मको अध्ययन गरे । अझ केही वर्ष आफ्नो पढाइलाई व्यवहारमा थप परिपक्क बनाएर मात्र नेपाल फर्कने योजना बनाएका थिए । उनले बुवासँग पनि नेपाल फर्किएर नयाँ उद्यम सुरु गर्न सल्लाह गरिरहेका थिए ।

समय उनले चाहेजस्तो भएन । भर्खर अध्ययन सकेर बसेका मनोजले जन्मभूमिबाट नसोचेको खबर सुन्न पर्याे । २०७८ वैशाख १० गते परिवारको दरिलो खम्बा आफ्नै बुवा नरहेको खबर सुन्दा मनोजले धेरै कुरा नसोची फर्कने निधो गरे । आफ्नै लयमा चलेको उनको जिन्दगी उथलपुथल भयो । जिन्दगीलाई कसरी अगाडि बढाउने निर्णय लिन सकेनन् । घरका बुढा हजुरबुवा,हजुरआमा, आमा र भाइको हेरचाह गर्ने जिम्मेवारी उनको काँधमा आएपछि हात पर्न लागेको पीआर, एमबीएस पढ्ने इच्छा, योजना चटक्क छाडेर उनी स्वदेश फर्किए । 

डेरी क्षेत्रमा करिअर

बुवाको काजक्रिया सकेर करिब एक महिना समय बिताए । “धेरै तरिकाबाट जिन्दगीलाई बुझ्न खोजेँ, व्यवसाय र घुम्नेबाहेर अब म विदेश जान्न भनेर नेपालमा केही उद्यम सुरु गर्न योजना बनाउन थालेँ,” उनले भने । बुवाले नेतृत्व गरेको नवप्रभात डेरीका बोर्ड सदस्यहरूले विदेशमा पढेको अध्ययनलाई यही व्यवसायमा लगाउन आग्रह गरेपछि उनी डेरी व्यवसायमा दोस्रो पुस्ताको रूपमा प्रवेश गरे ।

२०७८ जेठ अन्तिम साता प्रबन्ध निर्देशकका रूपमा कार्यालय सम्हाल्न आउँदा जताततै कोरोनाको त्रास थियो, दूधको बजार चौपट भएको थियो । बजारमा दूधको खपत नहुँदा अघोषित मिल्क होलिडेको अवस्था थियो । केही ठूला फार्मसमेत विस्थापित भए । त्यसबेला उनलाई मिल्क होलिडेबारे समेत पर्याप्त जानकारी थिएन । 

“हामी बजारमा कुनै पनि उत्पादन लैजान भन्दा पहिला सम्भावित उपभोक्तालाई निःशुल्क बाँडेर प्रतिक्रिया लिन्छौँ,” मनोजले व्यावसायिक रणनीति सुनाए, “उपभोक्ताले नै नरुचाउने उत्पादन किन बजारमा लैजाने? उपभोक्ताले रुचाए त्यसमा थप सुधार गरेर मात्र उत्पादन बजारमा पठाउने हाम्रो रणनीति हो ।”  

व्यवसायीले हिम्मत गरेर त्यो दूधलाई धूलो दूध बनाएको भए अहिलेजस्तो दूधको चरम अभाव खेप्नु नपर्ने उनको बुझाइ छ । “हामीले किसान पलायन रोक्नुपथ्र्याे, सरकार र व्यवसायी दुवै चुक्यौँ त्यो समयमा,” उनले भने, “अहिले दूधको हाहाकारको अवस्था सिर्जना हुुनुमा हामी पनि जिम्मेवार छौँ ।” 

बुवाले गरेको मेहनत र खटाइ देखेर सकेसम्म डेरी क्षेत्रमा प्रवेश नगर्ने उनको इच्छा थियो । तर, परिस्थितिले डेरी क्षेत्रसँग झनै नजिक बनायो । “सानैदेखि बुवाले न घामपानी भन्न पाउनुहुन्थ्यो न चाडपर्व,” उनी बुवाको मेहनत सम्झन्छन् । १२ महिना सातै दिन खट्नुपर्ने भएर डेरीभन्दा आइटी वा खाद्य क्षे (फूड सेक्टर)मा उद्यम गर्ने उनको चाहना थियो उनको । बुवासहित दक्षिण ललितपुरका १० जनाले दूध संकलन गरि डीडीसीलाई बेचेर यो क्षेत्रमा प्रवेश गरेका हुन् । सुरुका दिनमा जोरपाटीमामा दूध र त्यसका परिकार बनाएर बिक्री गर्थे । व्यापार गर्न टाढा भएपछि २०५७ सालमा चापागाउँमा प्लान्ट बनाएर उद्योगका रूपमा सुरुवात भएको हो ।

दोस्रो पुस्ताको नेतृत्व

अहिले नवप्रभात डेरीलाई २५ वर्षीय मनोजले नेतृत्व गरेका छन् । पुस्तान्तरणका लागि जोड दिइएको छ । कम्पनीका १० जना सेयरधनीमध्ये प्राय सेयरधनीका दोस्रो पुस्ताका युवा संलग्न छन् । “बुवा, काकाहरूको अनुभव लिएर हामी नेतृत्व तहमा आइसकेको छौँ,” उनले भने, “उहाँहरूलाई रिटायर्ड लाइफ बिताएर सुझाव दिन भनेका छौँ ।”

दूग्धजन्य नयाँ उत्पादन कसरी विस्तार गर्ने युवा टिमले गृहकार्य गरिरहेको उनले बताए । अहिलेका उपभोक्ता एक उत्पादनमा मात्र सीमित भएर बस्न नसक्ने भएकाले उत्पादनमा विविधीकरणलाई ध्यान दिएर नयाँ उत्पादन ल्याउन योजनामा लागेको उनले बताए । “गुँदपक नै ल्याउँदा पनि अब फरक–फरक स्वाद र प्याकिङमा ल्याउनुपर्छ । साना उपभोक्तालाइ पनि सम्बोधन हुने गरि उत्पादन नल्याउने हो भने, मुनाफाको ठूलो हिस्सा गुमिरेहको हुन्छ,” उनले भने । 

उपभोक्तालाई थरिथरिका स्वाद दिनुपर्ने उनको भनाइ छ । “हामी बजारमा कुनै पनि उत्पादन लैजान भन्दा पहिला सम्भावित उपभोक्तालाई निःशुल्क बाँडेर प्रतिक्रिया लिन्छौँ,” मनोजले व्यावसायिक रणनीति सुनाए, “उपभोक्ताले नै नरुचाउने उत्पादन किन बजारमा लैजाने? उपभोक्ताले रुचाए त्यसमा थप सुधार गरेर मात्र उत्पादन बजारमा पठाउने हाम्रो रणनीति हो ।”  

सो डेरीमा अहिले ७५ भन्दा बढीजनशक्ति दैनिक कार्यमा संलग्न छन् । डेरीबाट बढी दूध आउने समय (फल सिजन)मा दैनिक ३० हजार लिटर र कम आउने समय (लिन सिजन)मा २० हजार लिटर दूधको कारोबार हुन्छ । वार्षिक करिब ६० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने डेरीलाई दोस्रो पुस्ताले सञ्चालन गरिरेहेको छ ।  

“कर्मचारीको उचित व्यवस्थापनले नै कम्पनी सफल हुने हो, कर्मचारीलाई परिवारको सदस्यसरह गरिने व्यवहारले हाम्रो उत्पादन उत्कृष्ट बन्छ, उनीहरूको पारिवारिक, मानसिक, स्वास्थ्य अवस्था सुधार ल्याउन छुट्टै कार्यक्रम बनाउदैँ छौँ,” उनले भने, “आगामी तिहारपछि उद्योग पाटन आद्योगिक क्षेत्रभित्र सार्दै छौँ ।”

अस्वस्थ्य प्रतिस्पर्धा

डेरी क्षेत्रमा पछिल्लो समय व्यवसायी बीचको अस्वस्थ्य प्रतिस्पर्धा प्रमुख समस्याको रुपमा देखापर्न थालेको उनी बताउँछन् । “आम जनतालाई पनि प्युरिफाइड दूध खान सचेतना जगाउनुपर्ने अवस्थामा उद्योगीले नै पोलिथिनमा रबरले बाधेर दूध बेच्न थालेको छन्,” उनले भने, “छाता संगठनहरूले किसान र उपभोक्तलाई शुद्घता, दूधको गुणस्तर ध्यान दिनुपर्ने अवस्थामा धेरै उद्योगी साथीहरूले सस्तो दूध ल्याउन जोड दिनुभएको छ ।” 

सरकारी निकायले पनि शुद्घतालाई प्राथमिकतामा राखेर सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ छ । दूधमा पु–याउनु पर्ने मात्रामा विकसित देशको तुलनामा नेपाल पछाडि रहेको र उपभोक्ताको स्वाथ्यमा हाम्रो उत्तरदायित्व बिर्सन नहुने उनको तर्क छ । “दूध किसानको गोठदेखि उपभोक्ताको ओठसम्म आइपुग्दा लामो प्रक्रिया भएकाले पाइलैपिच्छे हुने जोखिमलाई ध्यान दिनुपर्छ । दूधको अभाव हुँदा बढी पैसा तिरेर खोसाखोस गर्ने, बढी हुँदा धूलो दूध बनाउन तादरुकता नदेखाउने परिपाटीले समग्र दुग्ध उद्योग समस्याको भूमरीमा फस्ने हो,” उनले भने ।

’बेस्ट मोडलको कम्पनी’

“डेरी क्षेत्र संवेदनशील भएकाले यसमा शुद्घता र स्वच्छतालाई अत्यन्तै तल्लो तहबाट काम गर्नुपर्छ, हामी कर्मचारीलाई तालिम दिएर मात्रै कामका लगाउछौँ,” उनले भने, “तीन वर्षअघि कम्पनीले आइएसओ सर्टिफिकेसन पाएको छ ।”

आफूले नेतृत्व सम्हालेपछि सुझावपेटीका पूर्ण रुपमा चलाएको भन्दै उनले थपे “सबै कर्मचारीलाई काममा कुनै बाधा, शोषण भए सिधै पेटिकामा समस्या राख्न लगाएको छु ।” हरेक हप्ता उनी आफैँ पेटीकामा रहेका ती समस्याहरू नोट गरेर तुरुन्त समाधान गर्न लाग्छन् । उनीहरूले कानुनअनुसार पाउने तलब र अन्य सुविधा दिएर कर्मचारीको मनोबल बढाउन ध्यान दिएको दिएका छन् । “कर्मचारीको उचित व्यवस्थापनले नै कम्पनी सफल हुने हो, कर्मचारीलाई परिवारको सदस्यसरह गरिने व्यवहारले हाम्रो उत्पादन उत्कृष्ट बन्छ, उनीहरूको पारिवारिक, मानसिक, स्वास्थ्य अवस्था सुधार ल्याउन छुट्टै कार्यक्रम बनाउदैँ छौँ,” उनले भने, “आगामी तिहारपछि उद्योग पाटन आद्योगिक क्षेत्रभित्र सार्दै छौँ ।”

मनोजका अनुसार नयाँ प्लान्ट ल्याएका मेसिन अटोमेटिक भएकाले उत्पादन विस्तारमा केन्द्रित हुने योजना छ । “अबको तीन वर्षभित्र नवप्रभात डेरीलाई बिजनेसको बेस्ट मोडल बनाउछाैँ,” उनले भने ।

(टक्सार म्यागजिन, २०७९ भदौ, पृष्ठ ७० देखि ७१ सम्म)