पाँचथर पावरले गर्‍यो लाभांश घोषणा


काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर २२ गते बसेको कम्पनी संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको ७ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांशमा चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँको ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेको छ।

आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीलाई लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।